अनेरास्ववियुको महासचिवमा नारायण घर्तीको चर्चा

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गते मंगलबारबाट काठमाडौंमा हुँदैछ । सो क्रममा अखिल निकट नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने नभएमा विद्युतीय माध्ययमबाट मतदान गर्ने तयारी गरिएको छ ।

नेतृत्वमा अध्यक्षपछि महासचिव पद मुख्य मानिन्छ । जसको कारण सो पदका लागि धेरैको आकांक्षा हुनु स्वभाविक हो । अनेरास्ववियुको महासचिवमा वर्तमान उपमहासचिव एवं संगठन विभाग प्रमुख नारायण घर्तीले उम्मेदवारी दिने तयारी गरेका छन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेका घर्तीले तयारी तिव्र बनाइरहेका छन् । विद्यार्थी र आम अखिल कार्यकर्ता माझ लोकप्रीय मानिन्छन् घर्ती ।

संगठनका विभिन्न तहमा रहेर काम गरेको अनुभव र क्रियाशीलताको आधारमा आफू महासचिवको लागि योग्य रहेको उनको दाबी छ ।

घर्ती हाल अनेरास्ववियुको केन्द्रीय उप–महासचिव तथा संगठन विभाग प्रमुख हुन् । उनले संगठन र कतिपय अवस्थामा पार्टीकै पनि जिल्लास्तरीय जिम्मेवारीमा रहेर काम गरेका छन् ।

त्यसो त २०७७ साल पुस ५ को संसद विघटन हुँदा नेकपा एमाले जाजरकोटको सह–संयोजकको भूमिकामा रहेका थिए । माधवकुमार नेपालले पार्टी फुटाएर जाँदा जाजरकोटमा एमाले बचाउन मुख्य भूमिका खेलेको जस उनीमा जाने उनी निकट नेताहरुको दाबी छ । यसअघि नविना लामा संगठनको अध्यक्ष रहेका बेला सचिवालय सदस्य भइ उपत्यका इन्चार्जको भूमिकामा काम गरेका थिए ।

संगठनको विभिन्न भूमिकामा काम गरेका उनी अनेरास्ववियुको २०आँै र २१आँै जनकपुर÷काठमाडौं महाधिवेशनमा केन्द्रीय सदस्य दोहोरिएका थिए ।
०६३÷०६४÷०६५ मा अनेरास्ववियु शंकर देव क्याम्पसमा कमिटीको नेतृत्व गरेका उनले ०६५ सालमा युथ फोर्स उपत्यकाकाको कमान्डमा रहेर काम गरेको अनुभव घर्तीमा रहेको छ ।

गत स्थानीय निर्वाचनमा कांग्रेस माओवादीसहितको गठबन्धन भएका बेला आफ्नो जिल्ला जाजरकोटमा ७ पालिका मध्ये ३ पालिकामा पार्टीलाई जिताउन मुख्य भूमिका खेलेका थिए । भने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पनि पार्टीलाई जिताउन सक्रिय भूमिका खेलेको जस उनीमा जान्छ ।

जाजरकोट जस्तो विकट जिल्लामा जन्मिएर सानैदेखि राजनीतिक चेत भएका उनी अनेरास्ववियुको महासचिव बन्न तम्सिएका छन् । आम विद्यार्थीहरुसँगको निकट सम्बन्ध रहेका कारण उनले आफू नेतृत्वका लागि दाबी गर्दै आइरहेका छन् । सर्वसम्मत हुँदा होस् या निर्वाचन हुँदासम्म पनि घर्तीले दाबी स्वभाविक रहेको र पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने उनी निकटहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?