चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने

लोकपथ
77
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। चितवन २मा वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो।

त्यसपछि रिक्त रहेको पदका लागि आयोगले उपनिर्वाचन मिति तोकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?