लघुबित्तले सयौँ परिवारको उठिबास लगाइसक्यो, सरकारको ध्यान जाओस्– सांसद भण्डारी

लोकपथ
28
Shares

काठमाडौँ— नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुबित्तका कारण सयौँ परिवारको उठिबास लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद भण्डारीले लघुबित्तका कारण ४० जनाले आत्महत्या गरेका समाचार आइरहेकाले मानव सेवा र विकासका नाममा ठगी र अपराधिक गतिविधि गर्ने जो कोहीमाथि पनि कडा अनुसन्धान र कारबाही हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चर्को व्याज र सेवासुविधामा चर्को लेनदेन, जसबाट महिलाहरू बढी प्रभावित भएको समाचार छ । वास्तविक अवस्था के हो ? यसबारे सरकारले छानबिन गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?