राष्ट्रपतिको सवारीले म आफैँ एक घण्टा जाममा परे : रघुजी पन्त

लोकपथ
126
Shares

काठमाडाैं । नेकपा एमालेका नेता रघुजी पन्तले जनतालाई अप्ठेरो नपर्ने गरी विशिष्ट व्यक्तिको सवारीहरुलाई व्यवस्था गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको बताए ।

आफ्नो सवारी कसरी चलाउने भन्ने विषय राष्ट्रपतिको हातमा नहुने तर उनीहरुले आलोचना खेप्नुपर्ने बाध्यता रहेको पन्तले बताए ।

राष्ट्रपतिको सवारीका क्रममा आफू एक घण्टा जाममा परेको र एम्बुलेन्स पनि जाममा परेको देखेको पन्तले बताए । ‘एम्बुलेन्समा कस्तो विरामी थिए भन्ने मैले देख्न पाइनँ, थुप्रै मान्छे आक्रोशित थिए, सांसदहरुलाई पनि गाली गर्दैथिए, मैले लोगो छोप्नुपर्‍यो, मास्क लगाउनुपर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?