टीकापुर घटनाको मुद्दालाई छिटो टुंग्याउनु राम्रो हुन्छ : माधव नेपाल

लोकपथ
39
Shares

धनगढी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले टीकापुर घटनालगायत राजनीतिक प्रकृतिका मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुने बताएका छन् ।

आइतबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रेशमको रिहाइ आवश्यक भएकोले यो मुद्दालाई थन्क्याइराख्नु उचित नहुनेमा जोड दिए ।

‘उहाँलाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशममात्र होइन हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

उनले नवगठित सुदूरपश्चिम प्रदेश सरकारलाई सबै दलले सहयोग गर्नुपर्नेसमेत बताए । मध्यावधि चुनावमा जानु उचित नहुने र मुलुकको अर्थतन्त्रलेसमेत थेग्न नसक्ने भएकाले सरकार कायम राख्न सबैसँग सहकार्य गर्न आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?