लुम्बिनीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

लोकपथ
52
Shares

बुटवल । लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा, खानेपानी ग्रामिण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीमा कृष्णा केसी नियुक्त भएका छन् ।

यसैगरी वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा बनेका छन् ।

यस्तै सामाजिक विकास मन्त्रीमा चन्द्रदेव गुप्ता नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?