जनकपुरधाम । नेकपा (एमाले) निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन मधेस प्रदेश कमिटीको अध्यक्षमा अजयकुमार राय यादव निर्वाचित भएका छन् ।
जनकपुरधाममा सम्पन्न युनियनको ११ औँ अधिवेशनले मधेस प्रदेशका आठ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सत्यन्दर ठाकुर, सचिवमा मुकेश गोइत, उपसचिवमा उपेन्द्र पासवान र कोषाध्यक्षमा सिवना राई यादवलाई सर्वसम्मत चयन गरिएको समितिका नवनिर्वाचित अध्यक्ष अजयकुमार रायले जानकारी दिए ।
शुक्रबार नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा युनियनका केन्द्रीय संयोजक रामकुमार थेवे, मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिह, भौतिक पूर्वाधारमन्त्री सरोज यादव र नेकपा एमाले मधेस प्रदेश सहइञ्चार्ज एवं पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सम्बोधन गरेका थिए भने अधिवेशनमा करिब दुईसय ५० जना प्रतिनिधिको सहभागिता रहेको अधिवेशन आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया