काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौंमा हिजोदेखि जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको छ ।
केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार महाधिवेशनबाट ८ पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् भने महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएकी छन् ।
त्यस्तै, सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि केहीबेरमै निर्वाचन प्रक्रिया शुरु हुने दाहालले बताए । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया