राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथिको आक्रमण अशोभनीय : गगन थापा

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सकमाथि भएको आक्रमणको विरोध गरेका छन् । शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताउँदै राष्ट्रपतिको सवारी नाममा नागरिकलाई दुःख दिने शैली बदल्न आग्रह गरेका छन् ।

शनिबार ट्वीट गर्दै उनले राष्ट्रपति एउटा व्यक्ति मात्र नभई संस्था भएको भन्दै तामझामवाला शैलीका कारण राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उल्लेख गरेका छन् । उनले थापाले यसलाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्न आवश्यक रहेको जिकिर गरेका छन् ।

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा.जनिथलाल सिंह घाइते भएका थिए । थापाले यस्ता कार्य दोहोरिन नदिन सरकारलाई फेसबुकमार्फत् दुई सुझाव दिएका छन् ।

यस्ता छन् उनका सुझाव :

१. विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पु¥याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।

२. निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि नै तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ । र, म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?