निजामती कर्मचारीद्वार प्रशासन मन्त्रालय घेराउ

काठमाडौं । निजामती कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् । 

कर्मचारी समायोजनलाई स्वेच्छिक बनाउन माग गर्दै निजामती कर्मचारीको एक समूह मन्त्रालयमा भेला भई विभिन्न नारा देखिएका प्लेकार्डसहित प्रदर्शन गर्नुका साथै मन्त्रालय समेत घेराउ गरेका हुन् । 

पीडित निजामती कर्मचारीको नाममा मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाइएको ज्ञापनपत्रमा समायोजन स्वेच्छिक बनाउन माग गरिएको हो । 

मुख्यसचिव रेग्मीलाई बुझाइएको ज्ञापनपत्रमा ‘समायोजनमा जान नचाहने कर्मचारीलाई संघमा पुल दरबन्दी कायम गरी निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाउने व्यवस्था गरियोस’ भनिन् उल्लेख गरिएको छ । 

त्यस्तै उनीहरुले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अघि बढाउन समेत माग गर्नुका साथै समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको संघमा निश्चित मापदण्डको आधारमा संघमा बढुवा वा सरुवा हुनुपर्ने समेत बताएका छन् । 

समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको संघमा निश्चित मापदण्डको आधारमा संघमा बढुवा वा सरुवा हुनु नपाउने व्यवस्था छ । यसलाई तत्काल सच्याउनुपर्ने कर्मचारीहरुको माग छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?