सेफ्टी ट्याङ्कीमा फसेको गैंडाको उद्धार

लोकपथ
21
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैंडालाई सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टी ट्याङ्कीमा खसेको गैंडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् ।

आहारको खोजीमा बस्ती पसेको गैंडा स्थानीय होटलको सेफ्टी ट्याङ्कीमा फसेको थियो । आज बिहान २ बजे फसेको सो गैंडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैंडाको उद्धार गरिएको उनले बताए । अन्दाजी १६ वर्षको सो गैंडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैंडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैंडा सेफ्टी ट्याङ्कीमा फसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?