लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा

लोकपथ
63
Shares

रुपन्देही । लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ ।

मन्त्री केसीले शनिबार बिहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी हुन् । शपथग्रहण गरेको एक महिनासम्म केसीको जिम्मेवारी तोकिएको थिएन । मन्त्रालयमा चित्त नबुझेपछि केसीले राजीनामा दिएकी बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसीले राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । तर, राजीनामा पत्र आइसके पनि स्वीकृति भने नभएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?