काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनले पार्टी र सरकार बद्नाम बनेको आरोप लगाएका छन् ।
बुधवारको नेकपा स्थायी कमिटी बैठकमा उनले सम्मेलनमा पार्टी र सरकार सहभागि हुनुपर्ने कारण स्पष्ट पारिनुपर्नेमा जोड दिए ।
विगतमा छुवाछुत प्रथा रहँदा सुनपानी छर्किने प्रचलन रहेको स्मरण गर्दै उनले भने, ‘पहिला बाहिर गएर आउँदा सुनपानी छर्किने प्रचलन थियो । अहिले एशिया प्यासिफिक समिटले हामीलाई बदनाम बनायो । नेतृत्वले सुनपानी छर्किने उपाय निकाल्नुपर्छ । तत्र पार्टीलाई ठूलो नोक्सानी हुन्छ ।’
बैकठका सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार उनले पार्टी नेतृत्व कार्यदिशा र कार्यक्रममै अल्झिरहेको पनि बताए ।
‘हामी समाजवाद निर्माणको बाटोमा अघि बढ्ने हो फेरि जनवादी क्रान्ति गर्ने होइन । सरकार दलाल पुँजीपतिको प्रभावमा परिरहेको छ । प्रयोग नेताहरु भएका छन् र फाइदा दलाल पुँजीपतिहरुले लिइरहेका छन् । त्यसमा नियन्त्रण गरिनुपर्छ ।’
उनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको जिम्मेवारी नपाउने हो भने आफू मुख्यमन्त्री छाड्न तयार रहेको मंगलबारको बैठकमा अभिव्यक्ति दिएपछि त्यसको काउन्टर पनि गर्न भ्याए ।
‘पार्टीको विधिविधानअनुसार अघि बढ्नुपर्छ साइकोलोजिकल ब्याकमेल नगरौं । पार्टीमा विधि र पद्दतिको थिति बसालिनुपर्छ । कुन नेतासँग नेतृत्वले के कुरा गरेको छ, त्यो हामीलाई मतलब हुने कुरा होइन ।’
उनले बैठकमा पेश भएका फरक मतबारे पनि पार्टीमा पर्याप्त छलफल हुनुपर्ने धारणा राखेको ती नेताको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया