१३ मङ्सिर २०८०, बुधबार

गोरखा क्षेत्र २: बाबुराम र नारायणकाजीको अग्नीपरीक्षा

२०७४,कार्तिक,६,सोमवार ०१:१२

0
Shares

गोरखा, ६ कात्तिक- वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई कांग्रेससँग तालमेल गरेर अन्तत: गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । अब उनको प्रतिस्पर्धा पूर्व ‘सहयात्री’ नारायणकाजी श्रेष्ठसँग हुनेछ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट श्रेष्ठ उम्मेदवार बनेका छन् । दुवै नेताका लागि चुनाव ‘अग्निपरीक्षा’ हुनेछ ।लोकतान्त्रिक गठबन्धनबाट भट्टराई र वाम गठबन्धनबाट श्रेष्ठ चुनावमा भिडेपछि गोरखा २ ले सबैको ध्यान खिचेको छ । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिँदै छ । माओवादीमा रहँदा दुवै नेता पार्टी उपाध्यक्ष थिए । एउटै पार्टीमा रहँदासमेत दुई नेताबीच मतभेद रहँदै आएको थियो , कान्तिपुर मा खबर छ  ।दुवैले पञ्चैबाजा र र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयन दर्ता गराए । क्षेत्र २ मा प्रतिनिधिसभाका लागि १० जनाको मनोनयन दर्ता भएको छ । १ नम्बर क्षेत्रमा कांग्रेस नेता चीनकाजी श्रेष्ठले नयाँ शक्तिसँग तालमेल गरेर उम्मेदवारी दर्ता गराए । वाम गठबन्धनबाट माओवादी नेता हरि अधिकारीको उम्मेदवारी परेको छ । १ नम्बर क्षेत्रमा ८ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।कुनै समय एउटै पार्टीमा एकै हैसियतमा रहेर छुट्टिएका नयाँ शक्ति संयोजक भट्टराई र माओवादी शीर्ष नेता श्रेष्ठ एउटै निर्वाचन क्षेत्रमा चुनाव भिड्ने भएपछि गोरखाको चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ । वाम गठबन्धनको औचित्य पुष्टि गर्न आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए । ‘गोरखा कम्युनिस्ट किल्ला हो, त्यसलाई जोगाएर वामपन्थीहरूको बहुमतको सरकार बनाउन चुनावमा उठेको हुँ,’ मनोनयन दर्तापछि उनले सञ्चारकर्मीसँग भने ।पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रवादी र कम्युनिस्ट मिलेर मुलुकमा शान्ति र समृद्धि ल्याउन कांग्रेससँग तालमेल गर्नुपरेको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८