ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीको लाठी प्रहारपछि विरोध

लोकपथ
78
Shares

काठमाडौं । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा.जनिथलाल सिंह घाइते भएपछि चिकित्सकले विरोध जनाएको छन् । शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन् ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए । उनको टाउकोमा चोट लागेको छ ।

सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरूले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अस्तव्यस्त सो सडक केहिबेर अवरुद्ध हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?