देशको अर्थतन्त्र गम्भीर संकटमा, सुधारमा लागौँ : राष्ट्रपति भण्डारी

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताएकी छिन् ।

शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

‘देशको आर्थिक अवस्था जटिल अवस्थामा रहेको कुरामा हामी सबै जानकार छौँ । देशको अर्थतन्त्र सुधारका लागि गम्भीर बन्नुपर्ने देखिन्छ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।

कोरोना, बढ्दो वैदेशिक व्यापार घाटाको कारण देशको अर्थतन्त्रका नकारात्मक असर परेको राष्ट्रपति भण्डारीले बताइन् ।

त्यस्तै केही समययता अर्थतन्त्रमा सुधारको संकेत देखिनु सकारात्मक रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?