रासायनिक मलको व्यवस्था तत्काल गर्नुपर्छ : राष्ट्रपति भण्डारी

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको कृषिका लागि अत्यावश्यक रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै किसानका लागि रासायनिक मलको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

त्यस्तै, कुषि उत्पादन गरेर मात्र नभइ त्यसको बजारीकरणमा लाग्नुपर्नेमा समेत जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताएकी छिन् ।

शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । ‘देशको आर्थिक अवस्था जटिल अवस्थामा रहेको कुरामा हामी सबै जानकार छौँ । देशको अर्थतन्त्र सुधारका लागि गम्भीर बन्नुपर्ने देखिन्छ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?