चार कम्युनिस्ट पार्टीबीच एकता हुने

लोकपथ
119
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका अन्य साना चार कम्युनिष्ट पार्टीहरुले एकताबारे छलफल गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले शुक्रबार भेटेर छलफल गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताका लागि आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने जानकारी गराएका छन् । बैठकबाट चार कम्युनिष्ट पार्टीहरुले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकालेका हुन् ।

विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीको हालै सकिएको केन्द्रीय कमिटी बैठकले समाजवादलाई अधार बनाएर विचार मिल्नेहरुसँग एकता गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?