सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथसँगै मन्त्रिपरिषद विस्तारको तयारी

लोकपथ
105
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शुक्रबार अपरान्ह ३ः३० बजे मुख्यमन्त्री शाहले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री शाहले आजै सानो आकारमा मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । मन्त्रिण्डल विस्तारबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्न लागेको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

आजै मुख्यमन्त्री शाहसहित दुई जना अन्य मन्त्रीले शपथ ग्रहण गर्ने तयारी रहेको मुख्यमन्त्री शाहको सचिवालयका रामबहादुर विष्टले जानकारी दिए । तर, कुनकुन मन्त्रालयमा मन्त्री परिषद् विस्तार गर्न लागिएको त्यसबारे टुंगो नलागेको उनले बताए । सम्भवतः आजैको मन्त्रिमण्डलमा कांग्रेसबाट एक जना र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

यसअघिका मुख्यमन्त्री नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि बिहीबार नै पदमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?