विवेकशील साझाको पहिलो महाधिवेशन आजदेखि

लोकपथ
7
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट शुरु हुँदैछ । काठमाडौंमा आजदेखि २ दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी सकिएको पार्टीले जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल र विवेकशील साझाका पूर्व नेता गोविन्द नारायण लगायतले सम्बोधन गर्नुहुनेछ ।

महाधिवेशनका लागि नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएको छ । पार्टीले आफ्नो पहिलो महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?