सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ शुक्रबार हुने

लोकपथ
117
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको शपथ शुक्रबार हुने भएको छ । आजै निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएसँगै उनकाे नेतृत्वको सरकार ढलेको थियो ।

लगत्तै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेताका शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए ।

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । आजको बैठकमा प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आउँदो शुक्रबार बस्ने गरी प्रदेश बैठक स्थगित भएको सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?