काठमाडौं । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको हो ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ । एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ ।
यसअघिका प्रदेश इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेको ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो ।त्यस्तै घनश्याम भुसालले पार्टी छोडेपछि रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ । निधन भएका नेता बालकृष्ण ढुंगेलको स्थान अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएकाले सो स्थानमा शीला यादवलाई जिम्मेवारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया