काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भेटवार्ता गरेका छन् । दुई नेताबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।
महामन्त्री थापा निकट स्रोतका अनुसार दुई नेताबीच करिब २० मिनेट जतिको छोटो भेट भएको हो । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य छलफल भएको छ । ‘छोटो समयको भेट भएकाले विस्तृतमा धेरै कुरा त भएन’ स्रोतले भन्यो ।
कांग्रेसले राष्ट्रपतिका लागि प्रयास गरिरहेको तथा प्रधानमन्त्री प्रचण्ड पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति बन्नुपर्ने पक्षमा रहेका समयमा महामन्त्री थापाले अलग्गै भेट गरेका हुन् ।
आफ्नो मान्छे राष्ट्रपति बनाउन सत्तारुढ दलका मुख्य साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले दैनिकजसो भेटेर प्रधानमन्त्रीमाथि दबाब बढाइरहेका बेला कांग्रेसले पनि आफ्नो चासो राखिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया