सुदूरपश्चिम प्रदेशसभाको बैठक शुरु, नागरिक उन्मुक्तिका सांसद अनुपस्थित

लोकपथ
126
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक शुरु भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने छन् । मुख्यमन्त्री नियुक्ति भएको ३० औँ दिनमा उनले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि बिहीबार दिउँसो १ बजे बाेलाइएकाे बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । प्रदेश सभामा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित छन् ।

उक्त पार्टीका सातै जना सांसद काठमाडौंमै छन् । प्रदेश सभामा नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक जना सांसद छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का ४ र एक स्वतन्त्र सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?