१५ चैत्र २०७९, बुधबार

विवेकशील साझाको महाधिवेशन भोलिदेखि, रवीन्द्र मिश्रलाई छैन निम्तो

२०७९,माघ,२६,बिहीवार १५:४८

0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनका लागि तयारी पूरा भएको र केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको पाटीले जनाएको छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निमन्त्रणा दिइएको पार्टीले जनाएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतलाई महाधिवेशनमा निम्तो दिइएको हो ।

विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा निम्ता दिएको छैन। मिश्र अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष छन् । विवेकशील साझाले राप्रपालाई पनि महाधिवेशनका लागि निम्तो नदिइएको जनाएको छ । यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले उनले बताए । महाधिवेशन शनिबारसम्म चल्नेछ ।

महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पु¥याउने तयारी रहेको उनले बताए । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

पार्टीले २०७२ को संविधानलाई आत्मसाथ गर्दै नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ । समाधानमुखी र ‘पब्लिक सर्भिस डेलिभरी’ केन्द्रित मुद्दाको जगमा अझ सशक्त रूपमा अघि बढ्ने नेता परियारले बताए ।

प्रकाशित मिति: २०७९,माघ,२६,बिहीवार १५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२