१५ चैत्र २०७९, बुधबार

ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

२०७९,माघ,२६,बिहीवार १४:०८

99
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो ।

ए डिभिजनका अधिकांश क्लवले आफूहरुलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने माग लगायत शहीद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए ।

उनले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लवहरुले कोटा थप्न माग गरेअनुसार अब क्लवले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताए । उनले टिममा एक जना एशियाली र एक जना दक्षिण एशियाका खेलाडी अनिवार्य गरिएको पनि बताए । उनले एक खेलमा ४ विदेशी खेलाडीहरु खेल्न पाउने प्रावधान ल्याएको बताए ।

उनले भने, ‘पहिला क्लव र एन्फाको सहमति ४ जना विदेशी खेलाडी राख्न पाउने सहमति गरेका थियौँ, तर पछिल्लो समय खेलाडीहरु विदेश गइरहेको र नेपालमा क्लव लिग खेल्ने खेलाडीहरुको अभाव भएको भन्दै क्ल्वहरुले एन्फासँग विदेशी खेलाडीको कोटमा बढाउनुपर्ने माग गर्नुभएको थियो । एन्फा र क्लव पदाधिकारीबीच बुधवार बसेको बैठकमा यस विषयमा छलफल गरी अब हामीले ५ जना विदेशी खेलाडी क्लवमा समावेश गर्न पाउने निर्णय गरेका छौँ । जसमा पनि एक जना दक्षिण एशियाली र अर्को एक जना एशियाली खेलाडी हुनैपर्ने नियम बनाएका छौँ । तर क्लवले एउटा खेलमा ४ जना मात्रै विदेशी खेलाडीहरुलाई खेलाउन पाउने प्रावधान छ ।’

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लवहरुले सामुहिक रुपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लवले आफ्नो माग सहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लवको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लवहरुले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।

शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लवले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै शुरुवाती–११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौं चरण सम्मको तालिका पनि सार्वजनिक भइसकेको छ ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लव र फ्रेण्ड्स क्लवबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति: २०७९,माघ,२६,बिहीवार १४:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । बैतडी जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर

काठमाडौं । अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले

विराटनगर । भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२