१६ चैत्र २०७९, बिहीवार

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छ : सभामुख घिमिरे

२०७९,माघ,२६,बिहीवार १४:०५

63
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताएका छन् । बिहीवार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

उनले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभइ सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताए । उनले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरेपनि मानिसहरु अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताए । उनले सार्वजनिक संस्थानहरुले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरुको आकर्षण बढ्ने बताए ।

उनले भने, ‘खेलकुद हाम्रो शारीरिक, मानसिक विकास मात्रै होइन, विभिन्न इभेन्टमा सहकार्यको माध्यम पनि हो । राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने माध्यम र शरीरलाई स्वास्थ्य बनाउन चाहिन्छ । हाम्रो समाज विकासमा हिजोको शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउँथ्यो भने अहिले सकि नसकी त्यसबाट टाढा हुने र मानसिक काममा नै लाग्नुपर्ने र शहरीया परिवेसमा त अझ महत्व बढेको छ । सार्वजनिक संस्थानहरु मिलेर खेलकुदको क्षेत्रमा केही गरौँ भनेर लाग्नुभएको छ, यसले खेलका विभिन्न क्षेत्रमा योगदान पुगेको छ । सार्वजनिक संस्थानहरु आय, आर्जनका महत्वपूर्ण क्षेत्र हुन् । वित्तीय कारोबार गर्ने विभिन्न संघ, संस्थानहरु उनीहरुले कमाएको केही निश्चित प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यत्मक परिस्थिति छ । यस्तो बेलामा सार्वजनिक संस्थानका कर्मचारीको बीचमा यस्ता कार्यक्रमलाई राष्ट्रव्यापी बनाउने, तल्लै स्तरबाट प्रतियोगिता गर्दा खेलकुदलाई आकर्षक बनाउन सक्छ । नेपालले खेलकुदमा केही प्रगति गरिरहेको छ । उल्लेखनीय भुमिका निभाउँदै आएको छ, यसलाई सुव्यवस्थित ढंगबाट खेललाई विकास गर्न योगदान पुर्याउनेछ । खेलले हाम्रो आत्मियता र गौरवलाई अघि बढाउनेछ ।’

सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मियता र गौरव बढाउने बताए । उनले नेपालले खेलकुदमा प्रगति गरिरहेपनि पर्याप्त नभएको बताए ।

 

प्रकाशित मिति: २०७९,माघ,२६,बिहीवार १४:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२