उजबेकिस्तानबाट अफगानिस्तालाई मानवीय सहायता प्राप्त

लोकपथ
91
Shares

काठमाडौं । राजनीतिकरूपले सङ्कटग्रस्त अफगान जनताको जीवन सहजयापन बनाउँनका लागि उज्बेकिस्तान सरकारको सहयोगमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हिउँदे सहायता प्याकेज पठाएको छ ।

अत्यधिक चिसोले प्रताडित अफगानिस्तानमा सो सहायताले केही सहयोग पुग्ने अपेक्षा गरिएको छ । कडा चिसो जाडोमा जबरजस्ती विस्थापित भएका र अन्य जोखिममा परेका हजारौँ अफगानीहरूको जीवनयापन बचाउँन विभिन्न मानवीय संस्थाले ४८ हजार भन्दा बढी कम्बलसहितका १२ ट्रक अफगानिस्तान पठाएको खामा प्रेसले बुधबार उल्लेख गरेको छ । बुधवार संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले उज्बेकिस्तान सरकारको समर्थनमा अफगानिस्तानका लागि शीतकालीन सहायताको विस्तृत विवरण सार्वजनिक गरेको थियो।

उच्चायुक्तले उजबेकिस्तान सरकारसँगको समन्वयमा अफगान जनताको लागि सबैभन्दा महत्त्वपूर्ण सहयोगका रूपमा जीवन बचाउने मानवीय सहायता जारी राख्न सबै प्रयासहरू गरिरहेको बताएको छ । विशेषतः यो चिसो जाडोमा उज्बेक सरकार र स्थानीय साझेदारहरूको समयोगका लागि युनएचसिआरले विशेष धन्यवाद व्यक्त गरेको छ ।

अफगानिस्तानका महिला, बालबालिका लगायत पीडित जनताका लागि अत्यावश्यक आवश्यकताहरू पूरा गर्न तत्काल सहयोग गर्नुपर्ने , खामा प्रेसले वरिष्ठ सम्पर्क अधिकारी फ्रान्क रेमसलाई उद्धृत गर्दै जनाएको छ ।

विज्ञप्तिअनुसार अफगानिस्तानका लागि शीतकालीन सहायता आपूर्तिमा स्लीपिङ म्याट, त्रिपाल, हेभी ड्युटी बाल्टिन, कम्बल, स्टेनलेस स्टिल किचन सेट, जेरी क्यान र पोर्टेबल सौर्य एलईडी बत्तीहरू लगायतका सामग्री समावेश छन्।

हाल अफगानिस्तानको कुल तीन करोड ८० लाख जनसङ्ख्याको लगभग ५० प्रतिशतलाई सहायता र शीतकालीन सहयोगको सख्त आवश्यकता देखिन्छ । मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि तथ्याङ्कले देखाएको छ ।

टोलो समाचारले भर्खरै उल्लेख गरेअनुसार यहाँको तापमानमा आएको अचानक गिरावटले मानिसहरूलाई नराम्ररी प्रभावित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?