‘सन्दीपलाई टिममा राख्ने वा नराख्ने क्यान र आइसीसीको हातमा’

लोकपथ
195
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले फागुन २ गतेदेखि नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक सिरिजको तयारी गरिरहेको छ ।

घरेलु क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले एक नाबालिकामाथि बलात्कार गरेको आरोप लागेर मुद्धा बिचाराधिन रहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएसँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणीहरु हुन थालेका छन् ।

सन्दीपलाई टिममा राख्नेरनराख्ने भन्ने विषय नेपाल र आइसीसीको भएको स्कटल्यान्ड र नामिबियाको क्रिकेट बोर्डले जनाएका छन् ।

क्रिकइन्फो डट कमका अनुसार दुवै देशका क्रिकेट बोर्डले विज्ञप्ति जारी गरी समान धारणा राखेका हुन् ।

‘आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ क्वालिफायर्स अगाडि नेपालका सन्दीप लामिछानको कानूनी स्थितिका सम्वन्धमा आएका समाचारहरूप्रति हामी जानकार छौं । यी खेलमा खेलाडीहरूको उपलब्धता नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्ने विषय हो,’ क्रिकेट स्कटल्यान्डले विज्ञप्तिमा भनेको छ । नामिबिया क्रिकेट बोर्डले पनि यही आशयमा विज्ञप्ति निकालेको क्रिकइन्फोले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?