उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, यी विषयमा छलफल हुने

लोकपथ
63
Shares

काठमाडाैं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सुर्य किरण शर्माले दिउँसो तीन बजे बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने लोकपथलाई जानकारी दिए ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, मन्त्रीपरिषद्को पूर्णता लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

हिजो बुधबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटपछि संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।

बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका शिर्ष नेताहरुको उपस्थिती हुनेछ । संयन्त्रका संयोजक एमाले अध्यक्ष ओली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?