योद्धाहरू शहीद भएर मर्छन्, परिचय मर्न दिँदैनन् : रञ्जिता श्रेष्ठ

लोकपथ
875
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी छन् । उनले देशको समृद्धिको आफूहरुको चाहना भएपनि थिचोमिचो सहेर बस्न नसकिने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले विद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य भएको उल्लेख गरेकी छन् ।

उनले आफ्ना पार्टीका सात सांसदको फोटो फेसबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ ।’

उनले आश्वासित शब्दले नभइ श्रमले मुलुक समृद्धिशाली बन्ने प्रतिक्रिया दिएकी छन् । विद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि भएको उनको भनाइ छ ।

‘हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा दर्हो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहसमात्रै हो’ उनले भनेकी छन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’

सरकारले रेशम चौधरीलाई छाड्ने संकेत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको नदिने अडानमा छ नागरिक उन्मुक्ति । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा बैठक आजलाई सारिएको छ ।

रावल नेतृत्वमा सरकार बनेको आज एक महिना पुगेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत नपाए सरकार ढल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?