मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक (भिडियो)

लोकपथ
286
Shares

काठमाडौं । चर्चित गायिका मेलिना राई र सुदिप लामाको आवाजमा ‘मीठो साथ’ सार्वजनिक भएको छ । उमेश राउतको शब्द र सङ्गीत रहेको गीत बुधबार सार्वजनिक भएको हो ।

भ्यालेनटाइन अर्थात् प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा भर्खरै बस्न थालेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ । रिदम कँडेलले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपालमा रेकर्ड गरिएको हो भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

धनबहादुर तामाङ ‘सागर’ ले निर्देशन गरेको भिडियोमा काजल भुजेल र दिपेश तामाङलाई देख्न सकिन्छ । देवेन्द्र कार्कीले खिचेको भिडियोलाई दिनेश मुस्कानले सम्पादन गरेका हुन् । गीत ‘उमेश राउत’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?