केपी ओली कपमा आठ टोलीबीच प्रतिस्पर्धा हुने

लोकपथ
65
Shares

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टोलीको टुंगो लागेको छ ।राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् । र एक आयोजक टोली केपी ओली फुटबल क्लव रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?