स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबिच सम्झौता

लोकपथ
195
Shares

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा संचालन गर्न सम्झौता भएको छ । फास्ट बैंकिङ नेपालको मोबाइल तथा इन्टरनेट बैंकिङमा रहेका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुसन भएको एससीटीले जनाएको छ ।

सम्झौतापश्चात प्रभु बैंकका ग्राहकहरुले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, ओपन एपीआइमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ मै जोड्न सकिने बताइएको छ ।

फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च वृहत रुपमा घटाउन सकिने एससीटीले जनाएको छ । यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा दुवै संस्थाको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्तले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?