परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता

लोकपथ
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले आज टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छन् ।

आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरिन् ।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तीमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।

टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भुकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरिन् । सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्युटको भुकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार पराकम्प गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?