लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

लोकपथ
119
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् ।

दसौंदीले ४ हजार २६ मतभार पाएका छन् । त्यस्तै, कांग्रेसका माधव आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएका छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?