लुम्बिनी प्रदेश : राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सकियो, केहीबेरमा मतगणना

लोकपथ
70
Shares
dtbfg ub}{ pk;efd’v b]pv’/L,@% df3M n’lDagL k|b]zsf] /fli6«o;ef ;b:o pklgjf{rgdf dtbfg ub}{ pk;efd’v d]g’sf vfF0f s];L . tl:a/M M/l~htf clwsf/L÷/f;;

काठमाडाैं ।  लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सकिएको छ ।

बुधबार बिहान दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदान ३ बजे सकिएको हो ।

बिहान १० बजेबाट शुरु भएको मतदानमा ३ सय ४ मत खसेको छ । कुल मतदाता ३ सय ५ रहेकोमा एक जनाको अनुपस्थिती रहेको थियो ।

रुपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशा सिं उपचारको लागि भारत गएकाले मतदानमा अनुपस्थित रहेका हुन् ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबीच प्रतिष्पर्धा भएको छ । एमालेको तर्फबाट कुमार दशौंदी, कांग्रेसका तर्फबाट माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर राय उम्मेदवार रहेका छन् ।

लुम्बिनी प्रदेश सभाका सदस्य ८७, पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ रहेको छ । एक प्रदेश सभा सदस्यको कुल मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको मतभार १८ रहेको छ ।

मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएसँगै अब केहीबेरमा मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए ।
गत निर्वाचनमा भाग लिन एमालेका खिमलाल भट्टराईले राजीनामा दिएसँगै उनको ठाउँमा पुनः निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?