राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् पार्टीबाट राजीनामा

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पार्टीबाट राजीनामा दिएकी छिन् ।

मंगलबार राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भएसँगै बिहीबार उनको दल माओवादी केन्द्रका सबै जिम्मेवारीबाट राजीनामा दिएकी हुन् ।

ऋाज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सबै जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु ।’

उनलाई उनको दल नेकपा माओवादी केन्द्रसहित नेकपा एमालेसहितको समर्थन रहेको थियो । यता प्रतिपक्षी दल कांग्रेसले सो पदमा कुनै पनि उम्मेदवार नउठाएपछि उनी सर्वसम्मत निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?