काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्र विप्लव सी ले मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै विप्लवले सो कुरा बताएका हुन् ।
‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्नुपर्छ । मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्नुपर्छ ।’ उनले बताए ।
त्यसैगरी आफूहरुले नेपालमा कसरी कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने भन्ने विषयमा छलफल भइरहेको समेत बताए ।
‘नेपालमा कम्युनिष्ट मुभमेन्टको कुरा पनि छ । कसरी कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने ? कसरी यसलाई रुपान्तरण र एकतावद्ध गर्ने पक्षमा लैजाने भन्ने विषयमा पनि निर्णय गरेका छौँ ।’ उनले भने ।
गत माघ ३ गतेदेखि ११ गतेसम्म कपिलवस्तुमा बसेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिनका लािग पत्रकार सम्मेलन बोलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया