सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

लोकपथ
91
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन् ।

मंगलवार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरुलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्नेगरी दिन आवश्यक रहेको बताएका हुन् ।

उनले सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सिमित भएको गुनासो गरे। उनले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिनसक्ने शिक्षा दिनगरी परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताए । उनले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिन सुझाव दिए ।

उनले भने ‘सरकारले तालिम र युवाहरुलाई स्वरोजगारको नाममा जुन बजेट विनियोजित गरिरहेको छ । त्यसमा वार्षिक रुपमा ४ अर्ब बढी तालिम र स्वरोजगारको नाममा खर्च हुने गरेको छ । त्यसले परिणाम भन्दा पनि तालिमको लागि तालिम मात्रै भएको छ । कुनैपनि तालिम व्यवसायी र व्यवहारिक देखिएको छैन । सरकारले बजेटमा सरकारले परिमार्जन गर्न जरुरी छ । बजेटमा सरकारलाई कस्तो किसिमको जनशक्ति आवश्यक हो । त्यस्तो किसिमको व्यवहारिक र दक्षता बनाउने गरी तालिम दिन सक्नुपर्छ । सरकारले यस्तो कार्यक्रममा खर्च गर्दा रिजल्ट आउने किसिमले खर्च गर्नुपर्छ । निजी क्षेत्रले कुनै क्षेत्रमा खर्च गर्ने भनेपछि त्यसको लागि समय र खर्च त्यसको लागि नै गर्ने गरेको छ । त्यही अनुसार सरकारले पनि काम गर्न सक्नुपर्छ । नव उद्यमी विकास गर्नको लागि काम गर्ने संस्थाहरुको समन्वयन आवश्यक रहेको छ । उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु रहेका छन् । यो सम्बन्धित सरोकारवाला निकायहरु समन्वय गरेर जसले तालिम लिएर उद्यम खोल्नसक्ने बनाउनु पर्छ ।’

उनले उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरुबीच समन्वय आवश्यक रहेको बताए । उनले उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भएपनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?