अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौति आयो : अध्यक्ष गोल्छा

लोकपथ
78
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन् ।

महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौतिहरु देखिएको बताएका हुन् ।

उनले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गरे । उनले अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरु आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको बताए । अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिट भन्दा बढी तिब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए । उनले अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको बताए । उनले अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उल्लेख गरे । उनले बैंकरहरु अर्थतन्त्रमा समस्या आउनु भन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरु ठूलो दुर्घटनामा नपरेको दाबी गरे।

उनले अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्र दुर्घटनामा पर्नु भन्दा पहिला नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताए। उनले सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिवन्ध, चालु पुँजी कर्जा सम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान हुन नसकेको बताए । अध्यक्ष गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बँचे पनि उद्योगी व्यवसायीहरुका हात खुट्टा भाँचिएको बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको हातखुट्टामा मलम लगाउन आवश्यक रहेको बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए ।

उनले भने,‘देशको अर्थतन्त्र अर्थ मन्त्रालयले ड्राइभ गरेको छ । अर्थ मन्त्रालयले ड्राइभ गरेको बसमा सरोकारवाला निकायहरु मन्त्रालयले ड्राइभ गरेको बसको गतिमा हिँडिरहेका छौं । तिब्र गतिमा रहेको बसलाई अर्थ मन्त्रालयले ब्रेक लगाएको थियो । त्यहाँ विभिन्न खालका ब्रेकहरु थिए । त्यो पार गर्दै आएका थियौं । तर सबै ब्रेक स्टनल थिए । नेपालमा पहिलो पटक अर्थतन्त्रको इन्जिन बिग्रियो । बजारमा तरलता चरम अभाव भयो । अर्थतन्त्रको हिँड्ने बाटोको लिमिट ४.५ प्रतिशत रहेको छ तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्रालाई ९ प्रतिशतमा कुदायौँ । त्यो अर्थतन्त्रको बस अर्थमन्त्रालय र राष्ट्र बैंकले कुदाएको हो । कोभिडको समयमा धेरै सहुलियत दिइयो । त्यसमा उद्योगी व्यवसायीहरुले पनि तालि बजायौं । गन्तव्यमा चाँढै पुगिने भयो भनेर रमायौं । श्रीलंका,बंगलादेशमा र पाकिस्तानमा दुर्घटना भएको देखियो र बिस्तारै उकालो लाग्यौं । उकालो लाग्दा ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले एक्कासी ब्रेक लगाए । ब्रेक लगाउँदा सरकारले अर्थतन्त्र बच्यो तर उद्योगी व्यवसायीलाई कसले बचाउने ? अहिले व्यापार सन्तुलन र तरलता ठिक अवस्थामा आएको छ । तर पनि उद्योगी व्यवसायीहरु समस्यामा रहेका छन् । उनीहरुलाई नबँचाएसम्म अर्थतन्त्र अगाडि जान सक्दैन । अर्थतन्त्रलाई सरकारकाले चलायमान बनाउन जरुरी छ । यो यथार्थ हो । समयमा नै अर्थतन्त्रलाई ड्राइभ गर्ने चालकहरुले दुर्घटनालाई देख्नुपर्ने थियो । त्यहाँ राम्रो र नराम्रो चाकलमा भरपर्छ । राम्रो चालकले खतरालाई टाढाबाट नै देख्नसक्छ । सही समयमा दुर्घटना रोक्न तिब्रतालाई कम गर्छ । तर नराम्रो ड्राइभरले खतरा देखेपछि मात्रै ब्रेक हान्ने हो । हाम्रो अर्थतन्त्रमा त्यही भयो एक्कासी बे्रक लग्यो । यहाँ राम्रो ड्राइभर भएर दुर्घटना हुने थिएन । बे्रक लगाउनु भन्दा पहिला उद्योगी व्यवसायीहरुलाई सचेत गर्न सक्नुपर्ने थियो । सरकार र राष्ट्र बैंक भन्दा चलाख बैंकहरु भए । सहचालक चलाख थियो, उ दुर्घटना हुन्छ भनेपछि हाम फालिहाल्यो । अगाडि ब्रेक हान्न भ्याइहालियो र मात्र । नत्र अर्थतन्त्र दुर्घटनामा पर्ने थियो । अर्थतन्त्रको ड्राइभिङ सिट अर्थ मन्त्रालयको हो ।’

अध्यक्ष गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताए। उनले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दाबी गरे । उनले पछिल्लो समय बजारमा माग कम हुँदै गएकाले माग नबढ्दासम्म आयात बढ्न नसक्ने उल्लेख गरे। अध्यक्ष गोल्छाले आयात नबढेको अवस्थामा सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसक्ने बताए ।

उनले सरकारले अर्थतन्त्र जोगाउनेतर्फ मात्रै नलागेर अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले क वर्गका वाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेको बताए । उनले अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार, शोधानान्तर स्थिति वचत भएको बताए ।

अध्यक्ष गोल्छाले नेपालको जीडीपीभन्दा धेरै ऋण प्रवाह भएपनि वित्तीय क्षेत्रमा जोखिम नरहेको बताए । उनले नेपालको वित्तीय क्षेत्रले अर्थतन्त्रको आकारभन्दा बढी ऋण प्रवाह गरेपनि उत्पादनमुलक क्षेत्रमा लगानी नभएको संकेत गरे । उनले बैंकको धेरै कर्जा व्यापारिक प्रयोजनमा गएको भन्दै ऋण पनि धितोमा आधारित भएकाले जोखिम नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?