लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : एक सय ९५ मत खस्याे

लोकपथ
28
Shares
dtbfg ub}{ pk;efd’v b]pv’/L,@% df3M n’lDagL k|b]zsf] /fli6«o;ef ;b:o pklgjf{rgdf dtbfg ub}{ pk;efd’v d]g’sf vfF0f s];L . tl:a/M M/l~htf clwsf/L÷/f;;

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान शुरु भएको थियो । बिहान १२ बजे सम्म एक सय ९५ मत खसेको छ ।

राष्ट्रियसभा सदस्यका लागि ६० जना प्रदेशसभा सदस्य र एक सय ३५ जना स्थानीय तह प्रमुख/उपप्रमुखले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । निर्वाचनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाण केसीलगायतकाले मतदान गरेका छन् ।

मतदानका लागि दुईवटा मतदान केन्द्र छन् । केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि मतदानको व्यवस्था मिलाइएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने सूचना अधिकारी कुँवरले जानकारी दिए ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?