‘होठों से छू लो तुम मेरा गीत अमर कर दो’

गजल सम्राट जगजीत सिंहको जन्मजयन्ती

लोकपथ
286
Shares

आफ्नो बुलन्द स्वरले संगीत प्रेमीहरुको मन जित्ने गजल सम्राट जगजीत सिंहको आज जन्मजयन्ती हो । जगजीत सिंहले आफ्नो करियरमा आफ्नो स्वरले धेरै गजललाई अझ सुन्दर बनाएका थिए । गजलकार भएपनि उनले फिल्मी गीतबाटै आफ्नो परिचए बनाएका थिए । उनको जन्मजयन्तीको अवसरमा उनीसँग सम्बन्धित केही रोचक कुराहरू जानौं…

जगजीत सिंहको जन्म ८ फेब्रुअरी १९४१ मा भारतको राजस्थानको श्रीगंगानगरमा भएको थियो । उनको वास्तविक नाम जगमोहन सिंह धिमान हो । उनको प्रारम्भिक अध्ययन गंगानगरमा भएको थियो । त्यसपछि उनी थप अध्ययनको लागि जालंधर गएका थिए । जगजीत सिंहका बुबा सरदार अमर सिंह धमानी एक सरकारी कर्मचारी थिए र संगीतमा रुचि राख्थे। जगजीतले आफ्नो बुबाबाट संगीत विरासतमा पाएका थिए।

कैसे बेटे की मौत से टूट गया था भारत का सबसे बड़ा गजल गायक - jagjit singh death anniversary film career unknown facts son death tmov - AajTak

सन् १९६५ मा उनी मुम्बई आए, मुम्बई आएपछि उनको यात्रासहज भने पक्कै थिएन । उनले धेरै समस्याको सामना गर्नु परेको थियो । त्यसपछि उनले स–साना कन्सर्ट र कार्यक्रममा गीत गाउन थाले । फिल्ममा ब्रेक पाउने आशामा उनी फिल्म पार्टीहरूमा पनि गीत गाउने गर्थे ।

१९७० र १९८० को दशकमा, उनले आफ्नी पत्नी चित्रा सिंहसँग एक उत्कृष्ट गजल गाए र देश र विदेशमा आफ्नो आवाजको जादू फैलाए । चित्रा सिंह र जगजीत सिंहको भेट एक रेडियो विज्ञापनको रेकर्डिङका क्रममा भएको थियो । त्यहाँबाट दुवैले आफ्नो प्रेम यात्रा शुरु गरे र जीवनसँगै बिताउने निर्णय गरे।

अपनी मखमली आवाज से लोगों के दिलों में उतर जाते थे जगजीत सिंह, बेटे की अचानक मौत से टूट गए थे गजल सम्राट - jagjit singh birth Anniversary Know Unknown Facts About

जगजीतको बलिउड करियर : 

जगजीतले आफ्नो बलिउड करियरको सुरुवात सन् १९९४ मा फिल्म ‘आविष्कार’ को ‘बाबुल मोरा नाइहार’ गीतबाट गरेका थिए। त्यही क्रममा उनको पहिलो एल्बम ‘द अनफर्गेटेबल्स’ सन् १९७६ मा आएको थियो, जुन निकै हिट भयो । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । फिल्मका लागि गजल गाउन थालेपछि उनी सबैको पहिलो रोजाइ बने । सन् १९९० मा जब जगजीत सिंह आफ्नो करियरको चरम सीमामा थिए, उनले आफ्नो जीवनको सबैभन्दा खराब चरणबाट गुज्रनु परेको थियो । त्यस वर्ष उनले आफ्नो एक्लो छोरा १८ वर्षीय विवेकलाई कार दुर्घटनामा गुमाए। उनकी पत्नी चित्रा सिंहले दुर्घटना पछि व्यावसायिक रूपमा गायन छोडिन्, जबकि जगजीतलाई आफ्नो पहिलो प्रेम, संगीतमा फर्किन धेरै समय लाग्यो।

छोराको एक्कासी मृत्युको शोकले उनलाई केही महिनासम्म मौन बनायो। करिब छ महिनापछि यो आघात छातीमा थिचेर जगजीत सिंह गजल गायनको दुनियाँमा फर्किएपछि उनको स्वरमा कसैलाई गुमाएको पीडा धेरै गुना बढेको देखिएको थियो ।

उनले ‘होठों से छू लो तुम मेरा गीत अमर कर दो’, ‘‘ओ मां तुझे सलाम’, ‘तुमकाे देखा ताे ये खयाल आया’, ‘चिट्ठी ना कोई संदेश’,  ‘बड़ी नाज़ुक है ये मंज़िल’, ‘होशवालों को ख़बर क्या बेख़ुदी क्या चीज़ है’, ‘कोई फ़रयाद तेरे दिल में दबी हो जैसे’, ‘तुम पास आ रहे हो’,  ‘मेरी आंखों ने चुना है तुझको दुनिया देखकर’ जस्ता सुपरहिट गीतहरु गाएका छन् ।

JAGJIT SINGH Live In Concert - CLOSE TO MY HEART - by roothmens - YouTube

उनले धेरै ठूला अवार्ड पनि जितेका थिए । सन् १९९८ मा ‘मिर्जा गालिब’ मा उनको उत्कृष्ट कामको लागि उनलाई साहित्य एकेडेमी पुरस्कार प्रदान गरिएको थियो। उनले सन् २००३ मा पद्मभूषण पुरस्कार प्राप्त गरेका थिए । सन् २०१२ मा राजस्थान सरकारले उनलाई मरणोपरान्त राजस्थान रत्न प्रदान गरेको थियो। यस बाहेक २०१४ मा भारत सरकारले जगजीत सिंहको सम्मानमा हुलाक टिकट पनि जारी गरेको थियो ।

उनलाई ब्रेन हेमरेजका कारण २३ सेप्टेम्बरमा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। ब्रेन हेमरेजपछि जगजीत सिंहको शल्यक्रिया गरिएको थियो, त्यसपछि उनको अवस्था नाजुक रह्यो। त्यसपछि उनलाई आईसीयू वार्डमा भर्ना गरिएको थियो । त्यसको केही समय पछि अर्थात १० अक्टोबर २०११ मा जगजीत सिंह यससंसार बाट बिदा भए । उनी आज हामी माझ छैनन् तर उनको आवाज संगीतको दुनियामा अमर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?