काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि दिउँसो १ बजे बस्ने गरि स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले लोकपथलाई जानकारी दिए ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यतालिका रहेको थियो । गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने तय भएपनि सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मत नदिने जनाएकाे थियाे ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायम राखेपछि विश्वासको मत लिन मुख्यमन्त्री रावललाई सकस परेको थियो । यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठकपनि मुख्यमन्त्री रावलको आग्रहमा प्रदेश प्रमुख भिम भण्डारीले दिउँसो १ बजेका लागि सारिएको सूचना प्रदेश सभामा सदस्यलाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया