विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा

लोकपथ
234
Shares

काठमाडौं । तीन वर्षको डेटिङपछि, बलिउडको सबैभन्दा चर्चित ‘शेर शाह’ जोडी अन्ततः आज विवाह बन्धनमा बाँधिएका छन् ।

राजस्थानको जैसलमेरस्थित सूर्यगढ प्यालेसमा सिद्धार्थ–कियाराको विवाह भएको हो । विवाहमा दुबैको परिवारसहित बलिउड उद्योगका धेरै प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुन पुगेका छन् । जसमा करण जोहरदेखि शाहिद कपूर, ईशा अम्बानीसम्म सामेल छन्।

सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी

विवाहपछि दुवैले आ–आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको तस्बिर सेयर गरेका छन् । यी तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । नयाँ जोडीलाई फ्यानसँगै सेलिब्रेटीहरुले पनि बधाई दिइरहेका छन् ।

बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले सिद्धार्थ र कियारालाई विशेष रुपमा विवाहको शुभकामना दिएकी छिन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा दुवैको फोटो पोस्ट गर्दै उनले लेखेका छन्, ‘दुवैलाई धेरै धेरै बधाई छ।’ यसबाहेक सिद्धार्थसँग डेब्यु गरेका वरुण धवनले पनि सिद्धार्थ र कियारालाई बधाई दिएका छन्।

करण बाहेक भूमि पेडनेकर, नेहा धुपिया, नन्दिता मेहतानी, करिश्मा कपुर, मनिष पल जस्ता स्टारले पनि दुबैको विवाहको शुभकामना दिएका छन् । यो बिहेमा नजिकका साथीभाइ र आफन्त मात्र सहभागी भएका थिए । मिडिया रिपोर्टका अनुसार विवाहपछि सिद्धार्थ र कियाराले दिल्ली र मुम्बईमा रिसेप्शन पार्टी दिनेछन् ।

सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?