काठमाडौं । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उपनिर्वाचन शुरुभएको छ । बुधवार बिहान १० बदेदेखि मतदान शुरु भएको हो । राष्ट्रिय सभा उपनिर्वाचनको मतदान घोराहीको कर्मचारी मिलन केन्द्रमा दिउँसो ३ बजेसम्म हुने बताइएको छ ।
निर्वाचनमा सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू छन् । उपनिर्वाचनको लागि सत्तारूढ एमालेबाट रोल्पाका कुमार दसौदी, कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक
उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय प्रतिष्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया