१६ चैत्र २०७९, बिहीवार

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख आयुक्तको आग्रह

२०७९,माघ,२४,मंगलवार २१:४१

27
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा परिचालित पर्यवेक्षण संस्थाका प्रतिनिधिसँगको समीक्षा कार्यक्रम समापन समारोहलाई आज सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन र व्यवस्थापनका अनुभवका आधारमा आयोगले कानुन संशोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले विज्ञ र अनुभवीको सुझावका आधारमा संविधान र कानुनमा संशोधन भएमा त्यसलाई कार्यान्वयन गर्न आयोग तत्पर रहेको स्पष्ट गरे । निर्वाचन प्रणालीमा हुनुपर्ने नीतिगत सुझावका लागि अध्ययन भइरहेको जनाउँदै उनले जनताको चाहना, माग र आवश्यकताका आधारमा प्रणालीगत सुधार गर्नुपर्ने भएकाले त्यसका लागि सोचिदिन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा उम्मेदवारलाई तोकिएको कागजपत्र र स्वघोषणा गर्न लगाउनेसम्म आयोगको कार्यक्षेत्रमा भए पनि कुन उम्मेदवारको नागरिकता कायम रहेको हो वा होइन भनेर तत्काल प्रमाणीकरण गर्न नसकिएको उल्लेख गरे ।

कार्यक्रममा मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले आयोगलाई निर्वाचनको मिति तोक्ने सवालमा कानूनी स्वायत्तता दिइनुपर्ने बताए । कार्यक्रममा निर्वाचनमा संलग्न ३७ संस्थाका प्रतिनिधिले समूहगत छलफलका आधारमा निर्वाचनका असल अभ्यास र चुनौतीबारे आयोगले सुझाव दिएका थिए ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार २१:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५