अग्नि ग्रुपको इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो र यारी”मा नगद छुट

लोकपथ
65
Shares

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो र यारी दमक, भैरहवा र नेपालगञ्जमा नयाँ बिक्री केन्द्र खोलेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्र सहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्र जस्तै बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा “नगद छुट र एक्सचेन्ज” मेलाको घोषणा समेत गरेको छ ।

देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा बिव्रmीकेन्द्रमा एकै साथ एक कार्यव्रmम आयोजना गरी यस “नगद छुट मेला र अटो सटही योजना” ल्याएको हो । जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रिया र यारीे” खरिद गरे वापद ४० हजार सम्मको नगद छुट दिने योजना ल्याएको छ । यो योजना २०२३को पूरै फेब्रुअरी महिना भरकाका लागि लागु हुनेछ ।

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” र “यारी” को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास हो । यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ । र महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ट्रियो अटोमा तीन वर्ष वा ८०,००० किमी वारेन्टी त्यस्तै ट्रियो यारीमा तीन वर्ष वा ४०,००० किमी वारेन्टी रहेको छ ।

त्यसैगरी ट्रयो अटो ३ घण्टा ५० मिनेट चार्जिङ समय, १३० कि.मि गुड्ने र ट्रियो यारीमा २ घण्टा ३० मिनेट चार्जिङ समय, ८५ कि.मि गुड्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?