१६ चैत्र २०७९, बिहीवार

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा.कोइराला

२०७९,माघ,२४,मंगलवार १७:०७

72
Shares

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले चिरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन् ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ । कोइरालाले भने, ‘तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु प¥यो । ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस् ।’ उनले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए ।

नेता कोइराला भने, ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।’ प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए ।

प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो । अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेसजगत्माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय संगठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण कांग्रेस कमजोर बनेको बताए । सदस्य भटृराईले भने, ‘गुट निर्माणमा होइन संगठन निर्माणमा लागाैँ ।’ अर्का केन्द्रीय सदस्य डा.गोविन्द पोख्रेलले कमजोरी दबाउने काममा प्रेसजगत् लाग्न नहुने बताए । अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरु एक भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकप्रियताको नाममा लोकतन्त्र सिध्याउने खेल शुरु भएको बताए । उनले भने, ‘लोकतन्त्र सिध्याउने खेलको विरुद्ध कलम चलाउन जरुरी छ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले कुण्ठा पोख्ने नाममा पत्रकारजगत्माथि आक्रमण बढेको बताए ।

यस्ता घटनाको निन्दा गर्दै उनले त्यस्ता क्रियाकलापप्रति सजग रहन पत्रकारहरुलाई आग्रह गरे । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको न्यायका लागि सबै एक भएर लाग्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोख्रेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, नेपाल प्रेस युनियनका संस्थापक शोभाकर पराजुली, नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनाल, प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्य, दामोदर दवाडी, सामुदायिक रेडियो प्रकाशक संघका महासचिव किशोरजंग थापा थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतले बोलेका थिए ।

अधिवेशनमा उपत्यका बाहेकका १० जिल्लाका प्रतिनिधि सहभागी छन् । अधिवेशनले आजै प्रदेशको नेतृत्व चयन गर्ने प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले बताए ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १७:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६