१६ चैत्र २०७९, बिहीवार

आगामी पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु-याउने

२०७९,माघ,२४,मंगलवार १६:५९

54
Shares

काठमाडौं । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।

मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ योजना सार्वजनिक गरेका हुन्।

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पश्मिनाको निर्यात बढाउन र पश्मिनाको उत्पादनलाई विश्‍व बजारमा पु¥याउने उद्देश्य सरकारको रहेको छ । राष्ट्रिय पश्मिना क्षेत्र निर्यात रणनीति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिइपिसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ । कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले प‍श्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले पश्मिना उद्योगको विकास र बिस्तारमा ठूलो टेवा पुग्ने बताए।

उनले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको उनलाई प्रशोधन गरी पश्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको उनले उचित मूल्य पाउने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले नेपालमा नै च्याङ्ग्राको उनलाई प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य,बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने दाबी गरे। नले नेपालभित्र पश्मिनाको धागो उत्पादन गरी पश्मिनाजन्य वस्तुको उत्पादन र गुुणस्तर बढ्ने बताए। उनले रणनीति योजनाले पश्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतिको समाधान गरी पाँच वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘नेपाली च्याङ्ग्राको उनलाई प्रशोधन गरी पश्मिना धागो उत्पादन गर्ने पहिलो कारखाना बन्ने भएको छ । यसबाट नेपालको हिमाली क्षेत्रका च्याङ्ग्रापालक किसानले उत्पादन गरेको उनलाई स्वदेशभित्र नै उचित मूल्यमा बिक्रीको सुनिश्चिता भइ उनको उत्पादन बढ्न जाने र नेपालभित्र पश्मिनाको धागो उपलब्ध भई पश्मिनाजन्य वस्तुको उत्पादन तथा गुुणस्तर बढ्न जान्छ । उद्योग मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत राष्ट्रिय पश्मिना निर्यात रणनीति तर्जुमा गरिएको छ । यो रणनीतिले पश्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्वलेषण गरी पश्मिना क्षेत्रको समग्र विकास पाँच वर्षभित्र निर्यात गर्नसक्ने लक्ष्य निर्धारण गरेको छ ।’

त्यस्तै उद्योगसचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको उन उत्पादन बढाउन हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने र किसानले उचित मूल्य पाउने बताए । उनले नेपालमा च्याङ्ग्राको उन ठूलो परिणाममा उत्पादन गर्न नसकिएको बताए।

सचिव मरासिनीले निर्यातजन्य वस्तुहरुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजनाहरु बनाइरहेको पनि बताए। उनले निर्यातजन्य नेपाली वस्तुहरुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे।

उनले भने, ‘हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा पनि प्रोत्साहन गर्न आवश्यक छ । त्यसो गर्दा स्थानीय रुपमा रोजगारी पनि बढ्ने र उच्च मूल्यको वस्तु उत्पादन गरेर निर्यात गर्नसक्दा नेपालले विदेशी मुद्रा आर्जन गर्नसक्छौं । नेपालमा ठूलो परिणाममा वस्तु उत्पादन गर्न सक्दैनौं । जहाँ नेपालको संस्कृति,रैथाने वस्तु र हावा पानी बिक्छ । यसमा पस्मिना मात्रै नभएर अन्य चिया कफी लगायतका वस्तुहरु पनि रहन्छन् । ती वस्तुहरुको उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्न आवश्यक छ । हामीले निर्यातजन्य नेपाली वस्तुहरुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरेर व्यापार घाटा कम गर्नसक्छौं ।’

त्यस्तै नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले निजी क्षेत्रका लागि प्रभावकारी हुने बताए । उनले यो रणनीति योजनाले पश्मिना उत्पादनमा बढी प्राथमिकता दिने बताए। उनले अहिले नेपालमा पूर्णरुपमा पश्मिनाको धागो विदेशबाट आयात हुने भन्दै अब नेपालमा नै च्याङ्ग्राको उन प्रशोधन गरेर पश्मिनाको धागो नेपालमा नै बन्नु सकारात्मक पक्ष भएको बताए। उनले आफ्नो प्रशोधन कारखाना राखेर,आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्दा किसानले राम्रो मूल्य पाउने दाबी गरे। उनले पछिल्लो समय पश्मिनाका उत्पादनको माग सय टन बढीको रहेको बताए । उनले नेपालले अन्तर्राष्ट्रिय बजारको १.५ प्रतिशत र नेपालको मात्रै २।७ प्रतिशत पशिमनाको निर्यात गरिरहेको बताए। उनले नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भएपनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको बताए।

उनले भने, ‘सरकारले पस्मिना उद्योगको लागि पाँच वर्षमा के—के गर्ने भनेर जुन रणनीति बनाएको छ । यो निजी क्षेत्रको लागि असाध्यै राम्रो काम हो । यो रणनीतिले साझेदार संस्था,सरकार र निजी क्षेत्रले के गर्ने भन्ने कुरा यकिन गरेकाले पश्मिना उत्पादनमा बढी प्राथमिकता दिने भएकाले निजी क्षेत्रलाई समेत धेरै फाइदा गर्छ । पश्मिना बनाउन उन,फाइबर भएर मात्रै भएन । त्यसलाई प्रशोधन गरेर धागो पनि बनाउनुपर्छ । अहिलेसम्म नेपालमा विदशबाट पश्मिनाको धागो आयात गरेर वस्तु उत्पादन गरिरहेका छौं । अब हामीले आफ्नो प्रशोधन कारखाना राखेर,आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्छौं । यसले किसानले राम्रो मूल्य,बजार अभाव हुँदैन । निजी क्षेत्रले सम्बन्धित क्षेत्रमा संकलन केन्द्र बनाएका छौं । पश्मिनाको माग धेरै रहेको छ । अहिले ४ टनको कुरा गरेका छौं तर सय टनको माग रहेको छ । बजारको कमी छैन । नेपालले अन्तर्राष्ट्रिय बजारमा १।५ प्रतिशत निर्यात गर्छौं । नेपालको २।७ प्रतिशत पस्मिनाको निर्यात गरेका छौं । ठूलो स्कोप रहेको छ । ५० लाख पिस पश्मिना बनाउने क्षमता छ तर अहिले २० देखि २५ लाख पिस मात्रै बनाइरहेका छौं । अब कमी भनेको नेपाली उनलाई प्रशोधन गरेर उन उत्पादन बढाउने रहेको छ ।’

मंगलवार नै पश्मिना प्रशोधनको लागि पश्मिना फाइवर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास भएको छ । नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैंयाँ (करिव १ करोड ९३ लाख अमेरिकी डलर बराबर) बराबरको पश्मिना सल निर्यात गरेको थियो । यो रणनीतिले सन् २०२६ को अन्त्य सम्ममा ७ करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पश्मिना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पु¥याउनेछ ।

यो रणनीतिले सबै सम्बन्धित सरोकारवालाहरूको स्पष्ट भुमिका र जिम्मेवारी सहितको कार्य योजना, समन्वय तथा कार्यान्वय संयन्त्रलाई विस्तृत रूपमा व्याख्या गरेको छ ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १६:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

काठमाडौं । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एआइएमएले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर ल्याएको छ । यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२